०३ कात्तिक, २०७८
    {
राजनीति

मौलिक राजनीतिक दर्शन छाड्दा पार्टीमा समस्या आयो : जनार्दन शर्मा

  • Puleso
  • २०७८ असोज २३ शनिबार
मौलिक राजनीतिक दर्शन छाड्दा पार्टीमा समस्या आयो : जनार्दन शर्मा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन्।

पार्टीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले आज गरेको कार्यक्रममा उ प्रचण्डपथले विचार र सङ्गठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताए।

'प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो', उनले भने, 'अब प्रचण्डपथ र एक्काइसौँ शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुपर्‍यो।'

उनले पार्टीलाई जननियन्त्रित र जननिर्देशित पार्टीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। 'जनताको आदेशमा चल्ने पार्टी चाहियो। नेताले गरेका गल्तीमा जनताले औँला ठड्याउन पाउनुपर्‍यो। हामीले गरेका गल्तीउपर जनताले भण्डाफोर गर्ने मौका पाउनुपर्‍यो। यस्तो खालको पार्टी बनाउनुपर्‍यो अब।'

माओवादी केन्द्रको सङ्गठन विभाग प्रमुखसमेत रहेका नेता शर्माले भने, 'अबको पार्टी विधि र पद्धतिमा आधारित भएर चल्छ। सफ्टवेयरको जमाना छ। प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताको मूल्याङ्कन गरिन्छ।'
 
सङ्गठन विभागको प्रस्तावमा स्थायी समितिले ‘देश बनाऔँ टोलबाट, पार्टी बनाऔँ सेलबाट’ भन्ने नारा पारित गरेको भन्दै उनले यसलाई देशभर अभियानका रूपमा लागू गर्नुपर्नेमा जोड दिए। पार्टीको पक्षमा ३० लाख सङ्गठित जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ त्यसका लागि सङ्गठनात्मक फर्मूलासमेत तयार गरेको जानकारी दिए।
 
अर्थमन्त्रीसमेत रहेका नेता शर्माले अबदेखि पार्टी र जनसङ्गठनका हरेक कमिटी आर्थिक उत्पादन, रोजगारी र सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानमा अनिवार्यरूपले जोडिनुपर्ने बताए। हरेक कमिटी र हरेक व्यक्ति आर्थिकरूपले आत्मनिर्भर भएपछि मात्र समाजवाद आउने भएकाले पार्टीको नेतृत्वमा समाजवादी आन्दोलन अघि बढाउन आग्रह गरे।
 
अर्थमन्त्री शर्माले अब नेपालमा बन्द भएका उद्योग चलाउने, नयाँ उद्योगधन्दा खोलेर रोजगारी सिर्जना गर्ने र राष्ट्रिय पूँजी निर्माण गर्ने गरी सरकारले नीति बनाएको जानकारी दिए।

सरकारले सहिद परिवारलाई मासिक वृत्ति, दीर्घरोगीलाई मासिक उपचार खर्च, राजनीतिक आन्दोलनका घाइतेको निःशुल्क उपचारको व्यवस्था, महिला पहिला कार्यक्रम, युवा रोजगारी, दलित आवास निर्माण, पढ्दै कमाउँदै, डिजिटल शिक्षालगायत लोककल्याणकारी कार्यक्रम ल्याएको र तिनको कार्यान्वयनसमेत अघि बढिसकेको मन्त्री शर्माले जानकारी दिए।

थप जानकारी

प्रतिक्रिया

छुटाउनुभयो कि?

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने...

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

  • Puleso
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन,...


काठमाडौं : जिल्ला अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ।

असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला...

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन, महाधिवेशन सर्ने