०३ कात्तिक, २०७८
    {
राजनीति

'प्रधानन्यायाधीशबाट संविधानको मूल आत्मामाथि नै प्रहार भयो'

  • Puleso
  • २०७८ असोज २३ शनिबार
'प्रधानन्यायाधीशबाट संविधानको मूल आत्मामाथि नै प्रहार भयो'

काठमाडौं :  वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमाथि गम्भीर प्रश्न उठाएका छन्।
 

प्रधानन्यायाधीश जबराको कोटाबाट गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएको विषय उठेपछि अधिवक्ताहरूले यसबारेमा प्रधानन्यायाधीश जबराले प्रष्ट पार्नुपर्ने मागसमेत गरेका छन्।

आज राजधानीमा आयोजित साक्षात्कारमा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले प्रधानन्यायाधीशमाथि प्रश्न उठिसकेकाले यसबारेमा चिक्तबुझ्दो जवाफ दिनुपर्ने धारणा राखे।  ‘उहाँले मात्रै हैन प्रधानमन्त्रीले पनि प्रष्ट पारिदिनुपर्छ। गजेन्द्र हमाल पुरानो कांग्रेसी नेता हो भनेर उहाँले भनेको मैले सुनेको छु। उहाँ नभई किन भएन ? भनेर प्रधानमन्त्रीले भन्नसक्नुपर्‍यो। यो हाम्रो माग हो। प्रधानन्यायाधीशमाथि प्रश्न उठिसकेको छ। उहाँले चित्तबुझ्दो जवाफ दिनुपर्छ’ उनले भने।

उनले प्रधानन्यायाधीशको कार्यशैली हेर्दा अहिले उठेको विषयमा शंका गर्ने ठाउँ रहेको संकेत गरे। उनले भने, ‘उहाँको कार्यशैली हेर्दा, खासगरी केपी ओली प्रधानमन्त्री हुँदा संवैधानिक आयोगको नियुक्तिमा, अध्यादेशमा साक्षी बसेर नियुक्तिहरु भए। संस्थालाई व्यक्तिको स्वार्थअनुसार चलाउन खोज्दा परिणाम त यही हो। उहाँले जतिसुकै होइन भने पनि नियुक्तिले पुष्टि गरेको छ। उहाँले गरेँ भनेर त भन्नु हुन्न होला। तर, यस्तो प्रश्न उठेपछि के गर्नुपर्छ भनर उहाँले बुझ्नुपर्छ।’

नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्रनाथ पोखरेलले अहिलेको सरकारलाई अदालतको मातहतमा रहेको निकायको संज्ञा दिए। उनले भने, ‘अहिले एउटा घटना सतहमा आइसकेको छ। नेपाल बारले प्रारम्भिक रुपमा, जतिखेर यो समाचारको ब्रेक भयो, त्यतिखेर नै आफ्नो धारणा सार्वजनिक गरिसकेको छ। यदि यसो हो भने, बारले बाध्यतात्मक रुपमा कानूनको शासन र संवैधानिक सर्वोच्चताको लागि अदालतको विरुद्धमा संघर्ष गर्ने चेतावनी दिएको छ। अहिले अदालत विदा भएको अवस्थामा यो घटना बाहिर आएको छ।’

यस्तै वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालेद राजीनामा दिनुपर्ने बताए। उनले भने,‘अहिलेको घट्ना यो जनसरोकारको विषय हो। संविधानवादको मूल आत्मामाथि नै प्रहार भएको छ। शक्ति पृथकीकरण ध्वस्त भयो। न्यायापालिकाको स्वतन्त्रता ध्वस्त भयो। कार्यपालिका र न्यायपालिकाबीच अपवित्र साँठगाँठ देखिएको छ। यो गम्भीर चिन्ताको विषय हो। यो संविधानमाथिको अपूरणीय क्षति हो। न्यायापालिकाको ठूलो शक्ति भनेको पब्लिकको विश्वास अनि भरोसा हो। उहाँ अब प्रधानन्यायाधीश हुन योग्य हुनुहुन्न। म उहाँको राजीनामा माग्छु।’

त्रिपाठीले प्रधानन्यायाधीश जबरा जति दिन पदमा बस्छन् त्यति नै न्यायपालिकाको ड्यामेज हुने टिप्पणी गरे। त्रिपाठीले भने,‘उहाँको कार्यकाल अझै १४ महिना बाँकी छ। उहाँ विदा भएसँगै यो संविधान पनि विसर्जित हुन्छ। प्रधानन्यायाधीशबाट नै ठूलो खतरा यो संविधानमा देखियो। न्यायपालिकाको विश्वसनियता र गरिमामा खतरा आयो। उहाँ अब घर जानुपर्छ। राजीनामा गर्नैपर्छ।’

त्यस्तै, अधिवक्ता ओमप्रकाश अर्यालले पनि प्रधानन्यायाधीशले राजीनामा मागेका छन्। उनले भने,‘प्रधानन्यायाधीशले यसअघि दुई जना दीपक तिमिल्सिना र गजेन्द्र हमाललाई मन्त्री बनाउने कुरा भएको थियो। प्रधानन्यायधीशले भाग खोज्नुभयो भन्ने समाचार आएका थिए, त्यो कुरा हिजोबाट पुष्टि भयो। अब उहाँ न्यायिक आचरणमा हुनुहुन्न। न्यायिक नैतिकताको धरातल समाप्त भैसकेको छ। उहाँमाथि प्रश्न उठ्यो। नेपाल बार एशोसिएसन र लिगल कम्युनिटीभित्र गम्भीर छलफल भैरहेको छ। संगठित रुपमा अहिले केही गर्न अप्ठयारो छ। बारले दशैँपछि आन्दोलनका कार्यक्रम आउँछन् भनेको छ, अब हामीले निर्णायक काम गर्नु पर्नेछ।’

थप जानकारी

प्रतिक्रिया

छुटाउनुभयो कि?

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने...

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

  • Puleso
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन,...


काठमाडौं : जिल्ला अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ।

असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला...

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन, महाधिवेशन सर्ने