०३ कात्तिक, २०७८
    {
अन्तराष्ट्रिय

अफगानिस्तानमा मस्जिदमा आत्मघाती विस्फाेट, ५० मारिए

  • Puleso
  • २०७८ असोज २३ शनिबार
अफगानिस्तानमा मस्जिदमा आत्मघाती विस्फाेट, ५० मारिए

न्युज एजेन्सी
काबुल : अफगानिस्तानको कुन्दुजस्थित हजारा-शिया मस्जिदमा आत्मघाती विस्फाेट भएको छ। मानिस प्राथना गरिरहेका बेला आक्रमणमा कम्तिमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एक सय जना घाइते भएका छन् ।

कुन्दुज केन्द्रीय अस्पतालका चिकित्सकहरूका अनुसार अस्पतालमा ३५ शव पुगेका छन् । घाइतेकाे उपचार भइरहेकाे छ ।

अफगानिस्तानमा तालिबानको सरकार बनेपछि देशमा याे सबैभन्दा ठूलो आक्रमण हो । तालिबान प्रवक्ता जबीहुल्ला मुजाहिदले मस्जिदमा विस्फोट हुँदा कयौँ मारिएको पुष्टि गरेका छन् । तर, हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

यद्यपि, त्यहाँ इस्लामिक स्टेटसहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन्। इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस-केले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने...

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

  • Puleso
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन,...


काठमाडौं : जिल्ला अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ।

असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला...

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन, महाधिवेशन सर्ने