०३ कात्तिक, २०७८
    {
राजनीति

नेकपा समाजवादीमा तीन सचिव थपिए, चुनाव चिन्ह कलम

  • Puleso
  • २०७८ असोज २१ बिहीबार
नेकपा समाजवादीमा तीन सचिव थपिए, चुनाव चिन्ह कलम

नेकपा (एकीकृत समाजवादी)ले तीन पदाधिकारी मनोनयन गरेको छ। बिहीबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले तीन पदाधिकारी मनोनय गरेपछि पदाधिकारी संख्या २१ पुगेको छ।

 

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले तीन पदाधिकारी मनोनयन गरेको छ। बिहीबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले तीन पदाधिकारी मनोनय गरेपछि पदाधिकारी संख्या २१ पुगेको छ।

बैठकले हाल सचिव रहेका जगन्नाथ खतिवडालाई उपमहासचिव बनाएको छ। यसअघि तीन उपमहासचिव रहेकामा अब चार महासचिव हुने छन्। सचिवहरूमा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

यसअघि चार सचिव रहेकामा अब सात रहने छन्। बैठकले पार्टीको चुनाव चिन्ह कलम राख्ने र यसका लागि कानुनी प्रक्रिया मिलाउने निर्णय गरेको खतिवडाले जानकारी दिए।

बैठकले ३०१ केन्द्रीय सदस्यको नाम टुंग्याएको र केन्द्रीय सचिवालयले त्यसमा भोलि थप गृहकार्य गरेर पर्सि नाम सार्वजनिक गर्ने जनाएको छ।

बैठकले केन्द्रीय आयोगमा ३५ सदस्य हुने, स्थानीय कमिटीमा ६ पदाधिकारी रहने, जिल्ला कमिटीमा आधारभूत संख्या १०१ हुने र प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट ५ जना जिल्ला कमिटीमा रहने पनि निर्णय गरेको छ।

यस्तै बैठकले पोलिटब्युरो चाँडै गठन गर्ने पनि निर्णय गरेको छ। बिजय गुरुङको संयोजकत्वमा सम्पर्क समन्वय कमिटी गठन पनि भएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने...

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

  • Puleso
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन,...


काठमाडौं : जिल्ला अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ।

असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला...

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन, महाधिवेशन सर्ने