०३ कात्तिक, २०७८
    {
अन्तराष्ट्रिय

नयाँ लुक्समा देखिए कोरियाली नेता किम, एक वर्षमा घट्यो २० किलो तौल

  • Puleso
  • २०७८ भदौ २५ शुक्रबार
नयाँ लुक्समा देखिए कोरियाली नेता किम, एक वर्षमा घट्यो २० किलो तौल

उत्तर कोरियाली नेता किम जोङ उन तुलनात्मक रुपमा ‘स्लिम’ देखिएका छन् । प्योङयाङमा  आयोजित एक सैन्य परेडमा देखिएका किम पहिलेको तुलनामा पातलो र छरितो देखिएका हुन् । लामो समयपछि सार्वजनिका कार्यक्रममा देखिएका उनको नयाँ ‘लुक्स’ प्रति धेरैको ध्यान केन्द्रित थियो । पछिल्लो समयमा किमको ह्वात्तै तौल घटेको छ । एक वर्षमा उनको २० किलो तौल घटेको कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन् । उनले अस्वभाविक तौल घटेको एक दक्षिण कोरियाली सांसदले समेत बताएका छन् ।  

हल्का खैरो र सेतो रंगको सुट लगाएका किम सो कार्यक्रममा केही बोलेनन् । मन्द मुस्कानसहित हात हल्लाएर परेडका सहभागीलाई अभिभादन गरेका थिए । अत्यधिक चुरोट पिउने र शारीरिक रुपमा भद्दा किमको ‘लुक्स’ पछिल्लो समयमा अन्तर्राष्ट्रिय स्तरमै चासोको विषय बनेको छ । 

लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिंदा  किमको टाउको पछाडिको भागमा ब्यान्डेज टाँसिएको थियो । उनी गम्भीर बिरामी परेको हुनसक्ने अनुमान गरिएको थियो । उनको हातको नाडिमा सुई लगाएको दाग देखिएको थियो । किमको मुटुको शल्यक्रिया भएको हुन सक्ने विज्ञहरुले अनुमान गरेका थिए ।  उनको वंश नै ह्यदयाघातबाट पीडित छ ।

सैन्य परेडमा यसअघि जस्तो नयाँ हतियार प्रदर्शन र आणविक शक्तिको रबाफ देखिदैनथ्यो

प्रतिक्रिया

छुटाउनुभयो कि?

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने...

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

  • Puleso
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन,...


काठमाडौं : जिल्ला अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ।

असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला...

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन, महाधिवेशन सर्ने