०३ कात्तिक, २०७८
    {
अन्तराष्ट्रिय

अमेरिकामा कोभिड बढेपछि थप कडाई, सबै कर्मचारीले हरेक साता अनिवार्य परीक्षण गर्नुपर्ने

  • Puleso
  • २०७८ भदौ २५ शुक्रबार
अमेरिकामा कोभिड बढेपछि थप कडाई, सबै कर्मचारीले हरेक साता अनिवार्य परीक्षण गर्नुपर्ने

अमेरिकी राष्ट्रपति जोन बाइडेनले कोभिड–१९ नियन्त्रणका लागि विभिन्न नयाँ नियम घोषणा गरेका छन् । डेल्टा भेरिअन्टका कारण अझै पनि दिनँहु ठूलो संख्यामा अमेरिकीको मृत्यु भइरहेका बेला राष्ट्रपति बाइडेनले नयाँ नियम घोषणा गरेका हुन् । घोषित नयाँ नियम अनुसार ठूला कम्पनीका सम्पूर्ण कर्मचारीले अनिवार्य खोप लगाएको हुनुपर्ने छ ।  त्यस्तै, उनीहरुले साप्ताहिक रुपमा आफ्ना कर्मचारीको कोभिड परीक्षण गराउनुपर्नेछ । 

८ करोडले अझै लगाएनन् खोप
८ अहिले पनि कोरोनाका कारण दैनिक औषतमा दुई हजार जनाको मृत्यु हुने गरेको छ । कोरोनाबाट अमेरिकामा अहिलेसम्म साढे ६ लाख ७४ हजारको मृत्यु भइसकेको छ । अहिले दिनहुँ डेढ लाख भन्दाबढी अमेरिकी संक्रमित हुने गरेका छन् । नयाँ नियमले करोडौं अमेरिकी प्रभावित हुनेछन् । अझै पनि अमेरिकामा ८ करोडले कोभिडबिरुद्धको खोप लगाएका छैनन् ।

खोप लगाएको प्रमाण पेस गर्नुपर्ने
 शुक्रबार ह्वाइट हाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले एक सय जना कर्मचारी हुने हरेक कम्पनीले आफ्ना सबै कर्मचारीले  खोप लगाएको प्रमाण पेस गर्नुपर्ने र साप्ताहिक रुपमा कोभिड परीक्षण गर्नुपर्ने बताए । ‘यो अभिव्यक्ति स्वतन्त्रता वा व्यक्तिगत छनौटको विषय होइन । तपाईँहरुको जीवन रक्षा गर्न नयाँ नियम ल्याइएको हो । ’

संघीय सरकारले उपलब्ध गराएको सुविधा लिइरहेका १७ करोड स्वास्थ्य सेवा कर्मचारीले पनि पछिल्ला नियम पालना गर्नुपर्ने हुन्छ । सरकारको नयाँ घोषणाको रिपब्लिकनले बिरोध गरेको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने...

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

  • Puleso
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन,...


काठमाडौं : जिल्ला अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ।

असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला...

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन, महाधिवेशन सर्ने