०३ कात्तिक, २०७८
    {
अन्तराष्ट्रिय

विश्वमा आजः फ्रान्समा मृत्युदण्ड अन्त्यदेखि फ्रान्समा अन्तिम मृत्युदण्ड ओपेकको स्थापना

  • Puleso
  • २०७८ भदौ २५ शुक्रबार
विश्वमा आजः फ्रान्समा मृत्युदण्ड अन्त्यदेखि फ्रान्समा अन्तिम मृत्युदण्ड ओपेकको स्थापना

आज सेप्टेम्बर १० । प्रस्तुत छ आज विश्वमा भएका केही महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाः
फ्रान्समा मृत्युदण्ड अन्त्य 
फ्रान्समा १९ औं र २० औं शतब्दीसम्म झुण्डाएर मृत्युदण्ड सामान्य थियो । सन् १९८१ को सेप्टेम्बरदेखि भने मृत्युदण्डको सजाँय अन्त्य गरिएको थियो । अन्तिमपटक सेप्टेम्बर १० मा हमिदा जान्दोबीलाई शिर छेदन गरेर मृत्युदण्ड दिइएको थियो । उनीमाथि २१ वर्षीय एक किशोरीको हत्या गरेको आरोप लागेको थियो ।  

हिग्स बोसनको अनुसन्धानमा  कोशेढुंगा
सन् २००८ मा विश्वकै ठूलो अणु यन्त्र लार्ज हाड्रोन कोलाइडर (एलएचसी) बनाइएको थियो थियो । युरोपेली आणविक अनुसन्धान संगठनले बनाएको सो कोलाइडर भौतिक शास्त्रको आधारभूत अणु हिग्स बोसन पत्ता लगाउन कोशेढुंगा बनेको थियो । एलएचसीले भौतिक शास्त्रको क्षेत्रमा नै सहजता ल्याएको थियो । २७ किलोमिटर लामो सो प्रयोगात्मक यन्त्र फ्रान्स र स्वीसको बोर्डरमा थियो ।  

गिनी बिसाउलेको स्वतन्त्रता 
लामो समय उपनिवेश रहेको पश्चिम अफ्रिकी मुलुक गिनी बिसाउले सन् १९७४  को १० सेप्टेम्बरमा पोर्चुगलबाट स्वतन्त्र भएको थियो । गिनी बिसाउने १५औं शताब्दीदेखि  पोर्चुगलको उपनिवेश थियो ।

ओपेक स्थापना 
सन् १९६० मा इराकको राजधानी बग्दादमा बग्दाद सम्मेलन सुरु भएको थियो । पाँच दिन लामो सो सम्मेलनले पेट्रोल निर्यात गर्ने देशहरुको संगठन ओपेक स्थापना गर्ने निर्णय गरेको थियो । ओपेक तेल उत्पादन गर्ने देशहरुको अन्तर–सरकारी संगठन हो । इरान, इराक, कुवेत, साउदी अरेविया, भेनेजुएला ओपेकका संस्थापक सदस्य हुन् । अहिले संगठनमा १३ देश आबद्ध छन् । सदस्य राष्ट्रबीच संयोजन र तेल तथा ग्याँस नीति ल्याउनु ओपेकको मुख्य दायित्व हो । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने...

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

  • Puleso
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन,...


काठमाडौं : जिल्ला अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ।

असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला...

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन, महाधिवेशन सर्ने