०३ कात्तिक, २०७८
    {
विचार

निराहार व्रत र दरको भुमरीमा तीज

  • Puleso
  • २०७८ भदौ २४ बिहीबार
निराहार व्रत र दरको भुमरीमा तीज

यसवर्ष भदौं २४ गते हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज परेको छ। तीज भन्ने बित्तिकै पोषिलो मिठो खाना खाने र रातो पहिरनमा सोह्र सिंगार गरेर नाच्ने पर्वको रुपमा बुझिन्छ। हामी हिन्दुहरु धर्म, संस्कृती र संस्कारमा धनी छौं। हिन्दु धर्मभित्रको एउटा संस्कृती र संस्कार बोकेको तीज पछिल्लो समय विश्वभरी मौलाउँदै छ। जहाँ जहाँ नेपाली नारी पुगेका छन् त्यहाँ त्यहाँ तीज पर्व मनाउने चलन चलेको छ। तीजमा विदेशी महिलाहरु पनि आकर्शित हुँदैछन्। तीज नितान्त महिलाले मनाउँने पर्व हो। यसमा रातो रड.ग, सात्विक पोषिलो खाना र गाना, बजाना, नाच प्रयोगमा आउँछ। हुनेले नहुनेलाई दिने र समान आर्थिक हैसियत भएकाले एकअर्कामा उपहार, सुखदुख साटासाट गरी यो पर्व मनाइन्छ। विषेश गरी विवाहित महिलाको बाहुल्यता रहेको तीजमा श्रीमान र दाजुभाइले आफ्नी श्रीमती एवं दिदी बहिनीलाई खुसी राख्न उपहारको रुपमा आर्थिक सहयोग गर्ने गर्दछन्। 

तीज

 प्राचिनकालमा हिमालय पुत्री पार्वतीले आफुले रोजेको महादेवलाई पतिको रुपमा पाउन गरेको संघर्षको नाम तीज हो। त्यसका लागि उनले साथीहरुको सहयोगमा घर छोडेर जंगलमा भागिन् र निराहार व्रत ( भोक हड्ताल ) बसिन्। पर्वत राजा हिमालयलाई उनकी रानी मेनकाले छोरीको ईच्छा पुरा गराएर जीवन रक्षा गरिदिन आग्रह गरिन्। फलस्वरुपः पिता हिमालयले छोरी पार्वतीले मन पराएको महादेवसँग विवाह गरिदिए। महादेवका परिवारमा बाआमा, दाजुभाइ, दिदी बहिनी कोही पनि नभएकाले पार्वतीले कसैसँग गुनासो गर्नु परेन। उनीहरु सँधै एकअर्काका पुरक भएर बसे। आज हामीले पुज्ने गरेका महादेव पार्वती उनै हुँन्। उनीहरुको प्रेम कहानी अमर छ। 

पौराणिक कालमा न्याय अन्याय छुट्याउँने तराजुको नाम नै पाप र धर्म थियो। धर्मको आडमा जन्मेको तीज सामाजिक र साँस्कृतिक पर्व हो। माता पार्वतीले परिवारभित्र गरेको संघर्ष पछि योगमायाले समाज र समाजले बसाएको कुसंस्कारका विरुद्ध गरिन्। योगमायाको पालामा छोरीले ज्वाई रोज्न पाउँदैनथे। त्यतिबेलाको समाजमा वालविवाह र सतीप्रथा चरम उत्कर्षमा थियो। वालविवाहलाई कन्यादानको नामले प्रचार गरिन्थ्यो। कन्या भन्नाले रजस्वला हुनु अघिको अवस्था हो। रजस्वला हुने उमेरसम्म छोरी घरमा राखे समाजमा आलोचित बन्नुपर्थो। आमाको काखबाट ओर्लेर छोरी आँगनमा उर्फिन थालिभने छोरी हुर्किछे अब कसलाई जिम्मा लाउँ ? भन्ने चिन्ताले बाउ ज्वाई खोज्न हिड्थे। असल ज्वाई खोजिन्जेलमा छोरीको रजस्वला होला भन्ने चिन्ताले असल कमसल जो  भेटिन्छ उसैलाई छोरी अन्माएर पठाउँथे र सुखदुख छोरीकै भाग्यमा निर्भर गराउँथे। भाग्य भन्ने एउटा अमुक शब्द रचेर छोरीलाई आफ्नो जिम्मेवारीबाट पाखा लाईन्थ्यो। बाउआमाले जसलाई जिम्मा लगाईदिए उसैको सेवा गरेर बाँच्नु पर्थो। परिणाम स्वरुप आमाहरुले छोरी अन्माउँने बेलामा दुध चुसाएर डोलीमा हालिदिन्थे। संरक्षकको रुपमा बाउ समानको श्रीमानको आडमा जीवन बिताउँनु पर्थो र श्रीमानको मृत्यु भए सँगै चितामा जल्नु पर्थो। 

योगमायाको वालविवाह भयो। १२ वर्षमा श्रीमान मरें। वालविधुवा भएर बसिनन्। अर्को विवाह गरेर छोरी जन्माईन्। छोरीको बाउ पनि मरे, सती गईनन्। परिवार र समाजको अनेक लाञ्छना सहेर बसिन्। त्यतिबेलासम्म उनले जीवनको महत्व बुझिसकेकी थिईन्। आफ्नो जीवन आफ्नै इच्छा अनुसार बाँच्न पाउँनु पर्दो रहेछ भन्ने चेतना आयो र आफ्नै जीवनको अनुभवले खारिएकी योगमायाले समाज परिवर्तनको विगुल फुकिन्। सती प्रथा अन्त्यका लागि दवाव दिइरहिन्। तत्कालिन सरकारले नसुनेपछि दवाव स्वरुप योगमाया सहित ६५ जनाले अरुण नदीमा जल समाधी लिए। त्यसपछि सतीप्रथा अन्त्य भयो। 

योगमायापछिको कालमा महिलाहरुमा चेतना पलायो तर शिक्षा, स्वास्थ्य र सम्पत्तीमा महिलाको कुनै अधिकार थिएन। कुनैपनि साईनोकोे पुरुष रिझाउँनु नै महिलाको बाँच्ने आधार थियो। त्यत्तिबेलाको समयमा महिलाहरुले घरमा सासु, नन्द, आमाजु र माईतीमा भाउजु, बुहारीलाई तीज गीत मार्फत गाली गर्थे र बाउआमालाई कुरा लगाउँथे। पछिल्लो समय महिलाहरु शिक्षा, स्वास्थ्यको पहुँचमा पुग्न थाले। पुरुषसँग सम्पत्ती र राज्यसँग पुरुष सरहको समान अधिकार माग्न थाले।  
दर
व्रतको अघिल्लो दिन खाने खानालाई दर भनिन्छ। पौराणिक कालमा माता पार्वतीले व्रत बस्ने निश्चित गरेपछि मध्ये रातमा पानी पिएर भोली पल्ट निराहार बसिन्। साथीहरुको सहायतामा उनी जंगलमा थिइन् र त्यहाँ खानेकुरा थिएन। हामी तीजको अघिल्लो दिन आफुलाई माया गर्ने आफन्त वा मन मिल्ने साथीकहाँ गएर दरको रुपमा पोसिलो खाना खान्छौ। विगत केही वर्षदेखि आर्थिक रुपमा सम्पन्न महिला र विपन्न महिलाले खाने दरमा भिन्नता देखिन थाल्यो। हुनेले दुईमहिना अघिदेखि सार्वजनिक रुपमा तडकभडकका साथ दर खान थाले। नहुनेलाई व्रतको अघिल्लो दिन एकछाक मिठो मसिनो खान धौ धौ पर्यो। तीज दर अलि भड्किलो बन्दै गएको सबैले महसुस गर्न थाले। तीजको महत्वलाई एकातिर पन्छाएर तीजदर आलोचित बन्दै गयो। दरका विषयमा सार्वजनिक बहस चल्न थाल्यो। भड्किलो तीजदरले भ्रष्टाचार निम्त्याउँने आँकलन गरी आफुखुसी विवाह गर्न पाउँने वर्तमान समयमा तीज पर्वको आवश्यकता नै नरहेको व्याख्या गदै तीज पर्वलाई खारेज गर्नुपर्ने सम्मको कुरा उठ्न थाल्यो। सोही विषयलाई लिएर महिला अधिकारको क्षेत्रमा कामगर्ने ‘साथी’ नामक गैर सरकारी संस्थाले विगत ६ वर्षदेखि तीजपर्वको पुर्व सन्ध्या पारेर हामीले मान्दै आएका “ चाडपर्वको संस्कारभित्र लुकेका कुसंस्कारलाई कसरी हटाउँने ?” विषयमा सार्वजनिक बहस चलाउँदै आएको छ।
उक्त बहसलाई निरन्तरता दिने क्रममा यसपाली गत शनिवार भदौ १९ गते पत्रकार एवं अन्र्तराष्ट््िरय महिला अधिकारकर्मी वन्दना राणाले चलाएको जुम बहसमा सहभागी समाजका अगुवा बक्ताहरुले

संस्कारभित्रका कुसंस्कारलाई हटाएर परम्परादेखि मान्दै आएका चाडपर्वहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। बहसमा सहभागी समाजका प्रतिनिधि पात्रहरु पत्रकार अनिता विन्दु, समाज परिवर्तनका लागि असल श्रीमान् बन्न कोसिस गरिरहेका चर्चित नायिका प्रियंका कार्कीका श्रीमान् आयुष्मान जोशी, दलित अधिकारकर्मी दुर्गा शोव, ह्दयरोग विशेषज्ञ डा. ज्योतिन्द्र शर्मा लगायतका वक्ताहरुले तीजपर्व र स्वास्थ्यका लागि दरको महत्वका बारेमा प्रकाश पारे। वर्तमान समयमा रिस, राग एवं आक्रोस पोख्न छोडी प्रेम र सद्भाव बाडेर दर मार्फत महिलाहरु एकजुट हुँन थालेकाछन्। दरको रुपमा धेरै खानु र व्रतको रुपमा केही पनि नखानु दुवै स्वास्थ्यका लागि हानीकारक छ। 

निराहार व्रत
हाम्रो संस्कारमा कुनैपनि धार्मिक अनुष्ठान गर्नु अघि संकल्प गरिन्छ। कुनै उदेष्य प्राप्ती निमित्त निष्चित समय र स्थानमा रही आफ्ना ईन्द्रियहरुलाई वसमा राखी सम्पुर्ण उर्जालाई एकत्रित गर्नुलाई संकल्प भनिन्छ। निराहार व्रत बस्नेले व्रत बस्नुको उदेष्य निश्चित गर्नुपर्दछ र कम्तीमा पनि तीन दिनदेखि व्रतका लागि आफुलाई तयार राख्नु पर्दछ। निराहार व्रतका लागि स्वस्थ शरीर र स्वच्छ मन हुनु  जरुरी छ। माता पार्वतीले दरको रुपमा पानीमात्र पिएर आफ्नै इच्छा पुर्तिका लागि व्रत बसेकी थिइन्। हामी व्रत बस्छौं तर केका लागि व्रत बसेको थाहा छैन्। त्यसैले श्रीमानको आयु लम्ब्याउँन व्रत बसेको भनिदिन्छौं। आफ्नो इच्छा र आवश्यकता थाहा नभएका र पुरै श्रीमान्मा आर्षित महिलाहरुको उक्त भनाईलाई कतिपय गैर हिन्दुवादीले आलोचनाको विषय बनाएर बहस चलाउँन थालेका छन्। अघिल्लो दिन पोसिलो खाना खाएर भोलीपल्ट केही नखानु स्वस्थ शरीरका लागि अत्यन्त राम्रो हो। महिलाका लागि तीज प्रेम प्रदर्शन गर्ने चाड हो। व्रतले प्रेम सम्बन्ध मजबुद बनाउँछ। 

तीजलाई सकारात्मक रुपले हेर्दा रातो रड.ग शक्ति र क्रान्तीको प्रतिक मानिन्छ। अघिल्लो दिन पोसिलो खाना खाने र भोलीपल्ट रातो पहिरनमा आफ्ना मनका भावनाहरु सार्वजनिक रुपमा पोख्न पाउँने भएकाले  पनि समय अनुसार परिमार्जन हुँदै तीजको महत्व बढ्दै गएकोछ। धर्म, परम्परा र संस्कृतिको नाममा तीजपर्वलाई बाध्यकारी बनाईनु चाँही हुँदैन। परिवर्तन आफ्नै हातमा छ। समय अनुसार परिवर्तन भएर आफुले आफैलाई माया गरौं। सम्पुर्ण हिन्दु नारीहरुमा हरितालिका तीजको हार्दिक शुभकामना।

प्रतिक्रिया

छुटाउनुभयो कि?

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने...

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

  • Puleso
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन,...


काठमाडौं : जिल्ला अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ।

असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला...

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन, महाधिवेशन सर्ने