०३ कात्तिक, २०७८
    {
नेपाल / प्रदेश १

रड प्रहारबाट हत्या भएको आशङ्का, शव धरान पठाइयो

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
रड प्रहारबाट हत्या भएको आशङ्का, शव धरान पठाइयो

सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङमा हत्या भएको छ जनाको शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाइएको छ । सोमबार राती स्थानीय बौदमान कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको थियो ।

मृतक सबैको टाउको र शरीर भर धारिलो हतियार प्रयोग नभई रड प्रहार गरी हत्या भएकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले  जानकारी दिनुभयो । ८५ वर्षीय बौदमान कार्की सकुसल रहेको डिएसपी सुवेदीकाे भनाइ छ । बौदमान कार्कीलाइ उक्त घटना कतिवेला भयो भन्ने कुनै जानकारी नभएको बताइएको छ । उनी कान नसुन्ने र हल्का आँखा समेत देख्न नसक्ने रहेका छन् ।उक्त घटना अनुसन्धानको लागि अहिले सङघीय प्रहरी एकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा विशेष टिम घटना लगायत इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीको टोलीले अनुसन्धन गरिरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटना अनुसन्धानका लागि सङ्घीय प्रहरी इकाई कार्यालय धरानको डग शाखाबाट दुईवटा तालिम प्राप्त कुकुर खटाइएको छ । घटनामा संलग्न हुन सक्ने अपराधी फरार हुन नदिन सङ्खुवासभाका सबै नाकाहरूमा प्रहरी परिचालन गरिएको निरीक्षक योगराज खतिवडाले बताउनुभयो ।

मादी नगरपालिका वडा न. १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको श्रीमती ८४ वर्षीय पार्वता कार्की घरमा मृत अवस्थामा भेटिएको त्यस्तै छोरा ५२ वर्षीय तेज बहादुर कार्की घर छेउको रोडको भित्तामा, बुहारी ५२ वर्षीय कमला कार्की र जेठी बुहारी ३२ वर्षिय रञ्जना कार्की घर छेउको खोल्सामा, नाती ११ वर्षीय दिपेन कार्की घर भन्दा अलिक पर खर बारीमा र ७ वर्षीय नातिनी गोमा कार्की बारीमा मृत अवस्थामा फेला परेको थियो ।

उक्त रहस्मय घटना कसरी भयो भन्ने अनुसन्धानका लागि घटना अनुसन्धान टिममा प्रदेश प्रहरीको विशेष टिममा ‘ट्रयाकर’ डग पिकु र लैला समेत सहभागी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज राइले जानकारी दिनुभयो । उहाँका अनुसार फरेन्सिक विज्ञको टोली घटनास्थल तर्फ पुगेर अनुसन्धान गरिरहेको छ । घटनामा भएको छरकिमेकीले थाहा नपाएको जनाइएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने...

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

  • Puleso
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन,...


काठमाडौं : जिल्ला अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ।

असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला...

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन, महाधिवेशन सर्ने