२१ मंसिर, २०७८
    {
सुरक्षा/अपराध

बुहारीमाथि निर्घात कुटपिट गर्ने जेठाजु पक्राउ

  • पुलेसो
  • २०७८ भदौ २३ बुधबार
बुहारीमाथि निर्घात कुटपिट गर्ने जेठाजु पक्राउ

जुम्लाको सिंजा गाउँपालिका–२ की ३३ वर्षीया सत्यावती  धितालमाथि निर्घात कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।

आफ्नै बुहारीलाई अपशब्द बोल्दै निर्घात कुटपिट गर्ने कर्मराज धिताललाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दाजुले आफ्नी श्रीमतीलाई विनाकारण कुटपिट गरेको भन्दै धर्मचन्द्र धितालले आइतबार जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दर्ता गरेका थिए ।

कर्मराज, उनकी श्रीमती, भाइबुहारीसहित चारजनाले आफूमाथि शनिबार निर्घात कुटपिट गरेको सत्यावती धितालले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । प्रहरीले अन्य तीनजनालाई तारेखमा छाडेर कर्मराज धितालमाथि अनुसन्धान अगाडि बढाएको छ ।

जुम्लाको सिंजा गाउँपालिकाको एक सिँचाइ आयोजनाको विषयमा विवाद हुँदा कर्मराजले आफ्नी भाइबुहारीमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ । कर्मराजले यसअघि पनि विभिन्न व्यक्तिलाई कुटपिट गरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालमा पनि ओमिक्रोन पुष्टि

काठमाडौं  - नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई जना विदेशीमा ओमिक्रोन संक्रमण...

नेपालमा पनि ओमिक्रोन पुष्टि

अछामका कैदीबन्दीहरूका लागि सिपमूलक तालिम

अछाम - अछामका कैदीबन्दीहरूको लागि सिपमूलक तालिम सञ्चालन गरिने भएकाे छ ।

सिपमूलक तालिमको सुदुरपश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्घाटन गरेकी हुन्...

अछामका कैदीबन्दीहरूका लागि सिपमूलक तालिम

दोधारा चाँदनीमा माओवादी केन्द्रको सम्मेलन सुरु

दोधारा । नेकपा माओबादी केन्द्रको दोधारा चाँदनी नगरपालिकामा प्रथम नगर सम्मेलनको उद्धघाटन भएको छ् ।

दोधारा चाँदनीमा माओवादी केन्द्रको सम्मेलन सुरु

कञ्चनपुर उद्योग वाणिज्य संघद्धारा १७ जना...

महेन्द्रनगर - कञ्चनपुर उद्योग बाणिज्य संघले आफ्नो ३१ औं वाषिक सधारण सभामा १७ जनालाई पुरस्कृत गरेको छ ।

नेपाली सेनाका उपरथी प्रेम शाही, व्यवसायी दयाकृष्ण जोशी,...

कञ्चनपुर उद्योग  वाणिज्य संघद्धारा १७ जना सम्मानित