२१ मंसिर, २०७८
    {
समाज / मौसम

आज राति काठमाडौंमा भारी वर्षाको सम्भावना

  • पुलेसो
  • २०७८ भदौ २३ बुधबार
आज राति काठमाडौंमा भारी वर्षाको सम्भावना

आज बुधबार राति काठमाडौं उपत्यका र त्यस आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ । 

न्यून चापीय  प्रणालीका कारण राति उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले न्युज कारखानालाई जानकारी दिइन् । ‘आइतबार रातिको जस्तो नभई केही समय वर्षा हुने देखिन्छ,’ उनले भनिन्, 'लामाे समय पानी नपरे पनि भारी नै हुने सिस्टमले देखाएकाे छ ।'

महाशाखाका अनुसार भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय प्रणालीको प्रभाव नेपालमा छ । सोही प्रणालीका कारण गत आइतबार राति काठमाडौं उपत्यका अतिभारी वर्षा भएर बागमती छेउका वस्ती डुबानमा परेका थिए । यसका साथै मनसुनी न्यून चापीय रेखा औसत स्थान नजिक अर्थात् तराईको दक्षिणतिर छ । 

महाशाखाले दिउँसो मुलुकका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरेको छ । त्यसमा पनि गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

राति भने बागमतीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ, जुन काठमाडौं उपत्यकासहितको क्षेत्र हो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालमा पनि ओमिक्रोन पुष्टि

काठमाडौं  - नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई जना विदेशीमा ओमिक्रोन संक्रमण...

नेपालमा पनि ओमिक्रोन पुष्टि

अछामका कैदीबन्दीहरूका लागि सिपमूलक तालिम

अछाम - अछामका कैदीबन्दीहरूको लागि सिपमूलक तालिम सञ्चालन गरिने भएकाे छ ।

सिपमूलक तालिमको सुदुरपश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्घाटन गरेकी हुन्...

अछामका कैदीबन्दीहरूका लागि सिपमूलक तालिम

दोधारा चाँदनीमा माओवादी केन्द्रको सम्मेलन सुरु

दोधारा । नेकपा माओबादी केन्द्रको दोधारा चाँदनी नगरपालिकामा प्रथम नगर सम्मेलनको उद्धघाटन भएको छ् ।

दोधारा चाँदनीमा माओवादी केन्द्रको सम्मेलन सुरु

कञ्चनपुर उद्योग वाणिज्य संघद्धारा १७ जना...

महेन्द्रनगर - कञ्चनपुर उद्योग बाणिज्य संघले आफ्नो ३१ औं वाषिक सधारण सभामा १७ जनालाई पुरस्कृत गरेको छ ।

नेपाली सेनाका उपरथी प्रेम शाही, व्यवसायी दयाकृष्ण जोशी,...

कञ्चनपुर उद्योग  वाणिज्य संघद्धारा १७ जना सम्मानित