By:puleso Published Date: बुधबार, मंसिर १९, २०७५
बलिउड अभिनेता सलमान खान लगातार तेश्रो वर्ष पनि सर्वाधिक धनी भारतिय सेलेब्रेटी बनेका छन्। उनी विश्वचर्चित पत्रिका फोब्सले निकालेको सूचिमा लागातार तेश्रो पटक परेका हुन्। बलिउडका अर्का सुपरस्टार शाहरुख खान भने सूचिको १० स्थान बाहिर पुगेका छन्।
कुल सय भारतिय सेलेब्रेटीको सूचि फोब्स इन्डियाले निकालेको छ। उसले अक्टुबर देखी सेप्टेम्बरसम्म यी सेलेब्रेटीहरूले गरेको कमाइको आधारमा यो सूचि सार्वजनिक गरेको हो।
सूचिका अनुसार सलमानले २५३.२५ भारू करोड कमाइ गरेका छन्। उनको यो कमाइ सिनेमा तथा विज्ञापन आदिबाट आएको हो।
सलमानपछि यस सूचिमा स्टार क्रिकेटर विराट कोहली रहेका छन्। गत वर्ष दोश्रो स्थानमा रहेका शाहरूख भने यस वर्ष १३ औं स्थानमा झरेका छन्। यस वर्ष शाहरुखको कमाइ अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले घटेको उक्त पत्रिकाले दाबी गरेको छ।
तेश्रो स्थानमा १८५ करोड भारू कमाउँदै अभिनेता अक्षयकुमार रहेका छन्।
यसैगरी अभिनेत्री दीपिका पादुकोण ११२.८ करोड भारू कमाउँदै सूचिको चौथो स्थानमा परेकी छन् भने क्रिकेटर महेन्द्र सिंह धोनी पाँचौमा पर्दा आमिर खान (९७.५) , अमिताभ बच्चन(९६.१७), रणवीर सिंह (८४.७), सचिन तेन्दुलकर(८० करोड) तथा अजय देवगन(७४.५० करोड) क्रमशः १० स्थानसम्म रहेका छन्।
यसैगरी सूचिको ११ औं र १२ औं स्थानमा शाहरूख खानलाई ए आर रहमान तथा आलिया भट् रहेका छन्।
बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘गली ब्वाइ’ को ट्रेलर सार्वजनिक भएको छ । जोया अख्तर विस्तृतमा...
बलिउडका सबैभन्दा चर्चित खान सलमान खान अहिले पनि अविवाहित छन् । उनको नाम सधैं कुनै न कुनै महिलासँग जोडिरहन्छन् । विस्तृतमा...