By:puleso Published Date: मङ्लबार, मंसिर १८, २०७५
महेन्द्रनगर – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारसँगै धर्नामा बसेको नागरिक संघर्ष समितिले जिल्ला प्रशासान कार्यालय कञ्चनपुरको प्रवेशद्वार अगाडि हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेका छन्। संघर्ष समितिले ४ दिनसम्म बिहान ११ बजेदेखि ४ बजेसम्म जिल्ला प्रशासन अगाडि विरोध प्रदर्शन गर्ने जनाएको छ।
भीमदत्त नगरपालिका २ की १३ वर्षीय बालीका निर्मलाको न्यायको माग गर्दै कञ्चनपुरका महिला अधिकारकर्मीले आन्दोलनको स्वरुप परिवर्तन गरेका छन्। निर्मलाको न्यायका लागि पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्नामा बस्दै आएको नागरिक संघर्ष समितिले आन्दोलनको स्वरुप परिवर्तन गरेको हो।
निर्मलाको न्यायका लागि सरकारलाई दवाव दिन आन्दोलनको स्वरुप परिवर्तन गरिएको महिला अधिकारकर्मी तथा संघर्ष समितिकी सदस्य शारदा चन्दले बताए। उनले दुई दिन ११ बजेदेखि ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको अगाडि कालो पट्टी बाँधेर विरोध जनाउने, १९ गते दिउँसै टर्च तथा लाल्टीन बालेर प्रदर्शन गर्ने र २० गते मानव साङ्लो बनाएर प्रदर्शन गर्ने बताए। चन्दका अनुसार २० गतेसम्म नयाँ तरिकाको आन्दोलनबाट सरकारलाई दवाव दिइनेछ।
सरकारले आफूहरूको मागको बेवास्ता गरे सबै पक्षसँग पुनः छलफल गरेर आन्दोलनका कार्यक्रम तय गरिने उनले जानकारी गराए। साउन १० गते वेपत्ता भएकी निर्मलाको दोस्रो दिन घर नजिकैको उखुबारीमा शव फेला परेको थियो।
यस घटनाको छानविन गर्न चार वटा उच्चस्तीय आयोग आएपनि चार महिना नाग्दा अपराधी पत्ता लाग्न सकेको छैन्। देशव्यापी रुप लिएको यस घटनापछि महेन्द्रनगर सहरका हरेक चोकमा निर्मलाका न्यायका लागि भन्दै पोष्टर छापिएका छन्। जिल्ला प्रशासनको प्रवेशद्वार पनि निर्मलाका पोष्टरले भरिएको छ।
धनगढी – धनगढी उप–महानगरपालिले नगरविकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा देशमै पहिलो भएको छ । नगरविकास कोषले देशमा रहेका २ सय १७ विस्तृतमा...
कञ्चनपुर – उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्ने बेला आएको बताए । कञ्चनपुरको वेदकोट नगरपालिकाद्वारा आयोजित दुईदिने विस्तृतमा...