By:puleso Published Date: शनिबार, मंसिर १५, २०७५
सुर्खेत–बीरेन्द्रनगर नगरपालिका–१४ स्थित भे१ख ८४९ नम्बरको बस दुर्घटना हुँदा आज बेलुका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा लेकबसी नगरपालिका–८ गगनेपानी सुर्खेतकी ४० वर्षीया जानकी दर्लामी र सोही वडाकी २२ वर्षीया देउमाया वन्काटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार उक्त घटनामा ५० जना घाइते भएकोमा १२ जनाको अवस्था गम्भीर रहेको छ । घाइते २५ जनालाई प्रदेश अस्पताल सुर्खेत र बाँकी माया नर्सिङ होम तथा देउती अस्पतालमा उपचार भइरहेको छ ।
जनजागृति युवा क्लबको टोली बोकेको बस वनभोज खाएर फर्कँदै गर्दा कटकुवा र कपासेको बीचमा दुर्घटना भएको थियो । सडकभन्दा १०० मिटर तल खसेको बसमा ५६ जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटना कसरी भएको भन्ने एकिन हुन सकेको छैन ।
काठमाडौँ – भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् । भारतको उडिसास्थित कालिङ्गा विस्तृतमा...
धनगढी – धनगढी उप–महानगरपालिले नगरविकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा देशमै पहिलो भएको छ । नगरविकास कोषले देशमा रहेका २ सय १७ विस्तृतमा...