By:puleso Published Date: मङ्लबार, मंसिर ४, २०७५
हेटौँडा – गङ्गामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्दै गरेको सञ्चार माध्यममा सार्वजनिक भएपछि उपचारार्थ अस्पताल लगिएको छ ।
प्रधानमन्त्री कार्यालयले गङ्गामायाको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्याक्ष निर्मला हिम्डुङ्गको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र राक्सिराङ गाउपालिकाका अध्यक्ष मल्ल गंगामायाको उद्धार गरी उपचारका ल्याउन आफै गएका थिए।
राक्सिराङ गाउँपालिकाको ३ स्थित माइतीघरमा बस्दै आएकी चेपाङलाई उपचारका लागि ल्याउन अन्यले गरेको प्रयास उनीहरुको डरका कारण असफल भएको थियो । गाउँपालिका उपाध्यक्ष हिम्डुङ्गले केही हुँदैन डर मान्नु पर्दैन भन्दै सम्झाइबुझाई गरेपछि उपाध्यक्षको साथ लागेर आमा राममायासँगै गङ्गामाया अस्पताल आएका हुन् । अस्पतालमा गङ्गामायाको प्रारम्भिक जाँच गरिएको छ । उपचारमा संलग्म हेटौँडा अस्पतालका डाक्टर निशा राईले बाल अवस्थामा गर्भवती भएकोले जोखिम रहेको भन्दै अस्पतालमा निगरानीमा राखेर शिशुको जन्म दिनुपर्ने बताईन् ।
प्रारम्भिक जाँचबाट पेटमा रहेको बच्चा ३४ हप्ता पुगेको जस्तो देखिन्छ, डाक्टर राईले भनिन्, थप जाँच गरेर आमा र शिशुलाई सुरक्षित गर्ने उपाय अपनाउनु पर्छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी र राक्सिराङ गाउपालिकाका अध्यक्ष राजकुमार मल्लमार्फतजनताको उपचार र उद्धारका लागि सरकारले पहल थालेको हो ।उपचार र उद्धारका लागि पहल गर्न आफूलाई प्रधानमन्त्री कार्यालयबाट पटक पटक टेलिफोन सम्पर्क गरिएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिए ।
गङ्गामाया कलिलो उमेरमै आमा बन्दै गरेको समाचार गोरखापत्र दैनिकले गत कात्तिक २६ गते प्रकाशित गरेको थियो ।सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयको निर्देशन लगत्तै गंगामायाको उद्धारको पहल सुरु भएको हो ।उपचार र उद्धारका लागि पहल गर्न आफूलाई प्रधानमन्त्री कार्यालयबाट पटक पटक टेलिफोन सम्पर्क गरिएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिए ।
अध्यक्ष मल्लले भने गङ्गामायाको उपचार र जीवन रक्षाका लागि सबै सहयोग गर्न तयार छौँ । प्रमुख जिल्ला अधिकारी तामाङले गङ्गामायाको उपचारको जिम्मा अब राज्यले लिएको बताउँदै थप परीक्षण गरी कहाँ उपचार गरिने तय गरिने बताए । उनले भने, ’यहाँ उपचार नहुने अवस्था आए तुरुन्त काठमाडौँ पठाउँछौँ ।’ अहिले गङ्गामायालाई गाउँपालिकाको पहलमा हेटौँडा अस्पतालमा भर्ना गरिएको छ ।(गोरखापत्र दैनिक)
काठमाडौं -काठमाडौं जिल्लामा १८ वटा नयाँ पार्क थपिने भएका छन् । काठमाडौं महानगर र आसपासका नगरपालिकामा पार्क थपिने भएका हुन् । काठमाडौं विस्तृतमा...
काठमाडौँ – करिब दुई सातादेखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ । पूर्वराजाले सोमबार बेलुकासम्म विस्तृतमा...