By:puleso Published Date: बिहिबार, अशोज २५, २०७५
हरिशजङ्ग क्षेत्री
काठमाडौं – कंचनपुर घर भएका नबोदित गायक आर्यन शाही ठकुरीको पहिलो गित “मन यो पागल मन”नै म्युजिक अवार्डका लागी मनोनयनमा परेको छ ।
ठकुरीको पहिलो गित “मन यो पागल मन” सगरमाथा म्युजिक अवार्ड २०७५ को नवगायक बिधाको उत्कृष्ट ५ को मनोनयनमा परेको हो ।
गायक आर्यन शाही ठकुरीले गाएको पहिलो गितको शब्द र संगीत उत्तम थापा मगर गरेका छन्। नवगायकको नोमिनेसनमा परेका ठकुरीले नोमिनेसनको प्रमाण पत्र र मेडल बुझेका छन् ।
आर्यनले केहि समय अगाडी राजधानीमा कान्तिपुर मोडेल एजेन्सी र संगीत नेपालले सयुक्त रुपमा देश ब्यापीरुपमा आयोजना गरेको गोल्डेन स्टारु खुल्ला एकल गायन प्रतियोगिताको उपाधी समेत जितेका थिए । बिगत पाँच सात वर्ष देखी गायन क्षेत्रमा आफ्नो भबिष्य खोज्दै गायन पेशालाई अंगालेका छन् ।
“नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृती संरक्षण र प्रबर्द्धन हाम्रो अभियानू भन्ने मुल नाराका साथ कार्तिक ३ गते राजधानीमा हुन लागेको सगरमाथा म्युजिक अवार्ड २०७५ को कार्यक्रममा नवगायक आर्यन शाही ठकुरी आफ्नो जिवनको पहिलो अवार्ड चुम्न हतारिएका छन् । गायक ठकुरीले आफुलाई अवार्ड जिताउन धेरै धेरै भोट गर्न समेत गनुरोध गरेका छन् ।
काठमाडौं : एपीवान एचडी टेलिभिजनबाट प्रशारण भइरहेको पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले जितेका छन्। ‘अब बोल्छ विस्तृतमा...
भीमदत्तनगर – विसं २०६९ मा अध्ययनको सिलसिलामा कञ्चनपुरको भीमदत्तनगर आएका २५ वर्षीय सिद्धनारायण आचार्य अनेकन पीडाका बीच साहित्यिक क्षेत्रका एक विस्तृतमा...