By:puleso Published Date: बुधबार, अशोज २४, २०७५
धनगढी – सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बुधबार बिहानै कैलालीको सिमा नाका पुगेका छन् ।
चाडबाडको बेला ठुलो संख्यामा नेपाल फर्किने नेपालीहरु मुख्य नाका गौरीफण्टामा अनुगमन गर्न मुख्यमन्त्री भट्ट सिमानाका पुगेका हुन् । उनले भारतबाट आएका नेपालीहरु सँग सिमामा भेटघाट गरेका छन् ।घर फर्किदा सिमामा हुने झन्झट को बिषयमा पनि भट्टले नेपालीहरु संग कुराकानी गरेका छन् । नाकामा नेपालीहरू दुख पाउने कुरा संचारमाध्ययममा आईरहने भएकाले स्थलगत अध्ययन गर्न मुख्यमन्त्री आफै नाका पुगेको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव शिवसिहं ओलीले बताए ।
सिमा नाकामा आउने नेपालीलाई कुनै दुस्ख नहोस भन्नको लागी त्यँहाको बारेमा बुझ्न भट्ट सिमा सिमा क्षेत्रमा जानु भएको उनका स्वकिय सचिव ओलीको भनाई छ ।सिमामा आउने नेपालीलाई कुनै किसमको दुस्ख नहोस भन्नको लागी कैलाली प्रशाशनले पनि विशेष सतर्कता अपनाएको छ । प्रहरीले सिमा क्षेत्रमा हेल्प डेस्कको पनि स्थापना गरेको छ ।
मुख्यमन्त्री भट्टको अनुगमनका क्रममा नेपाल फर्किने नेपालीहरूले विगत भन्दा अहिलेको आवागमनमा सहज भएको प्रमुख स्वकिय सचिव ओलीले बताए ।
धनगढी – धनगढी उप–महानगरपालिले नगरविकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा देशमै पहिलो भएको छ । नगरविकास कोषले देशमा रहेका २ सय १७ विस्तृतमा...
कञ्चनपुर – उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्ने बेला आएको बताए । कञ्चनपुरको वेदकोट नगरपालिकाद्वारा आयोजित दुईदिने विस्तृतमा...