By:puleso Published Date: आइतवार, अशोज १४, २०७५
चर्चित युवा गायक नवराज कलौनीकाे आवाज तथा अहिलेका चर्चित र्यापर मिस्टर आरजेको र्याप समेटिएको ‘बेहुलो सिपाही ’ सार्वजनिक भएको छ ।
गायक कलौनीकाे शब्द रचना तथा संगीत रहेको गीतमा मोहित मुनालले एरेन्जमेन्ट गरेका छन । म्युजिक भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन् भने भिडियोमा नायिका अाँचल शर्मा र स्वप्नील गुप्ताको अभिनय रहेको छ । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने अनिल कुमार मानन्धरको छायांकन रहेको छ ।
भिडियो मिस्टर आराजेको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लाे समय युवाहरूमा चर्चित हुन सफल गायक कलौनीले यस अघि विभिन्न गित तथा रचनाहरू बजारमा ल्याई सकेका छन !
भिडियो हेर्नुहोस् !
– गायिका मेलिना राई र गायक विश्व नेपालीको स्वरमा रहेको गीत ‘रातो गलबन्दी’को भिडियो सार्वजनिक भएको छ। भिडियोमा रियालिटी शो विस्तृतमा...
रबि वड यो हप्ता सबैभन्दा बढी भोटका साथ नेपाल आइडलको टप ५ मा पुगेका छन् । यस्तै पवन गिरी टप ६ विस्तृतमा...