By:puleso Published Date: बिहिबार, असार २८, २०७५
भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ ।
नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका–१९ मध्ये आधा भन्दा बढी वडामा इन्टरनेट सेवा जडान गरिएको हो ।
नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागजविहीन बनाउने, वडा र नगरपालिका कार्यालयलाई इन्टेरनेटबाट जोड्ने र इ–गभर्नेन्सको अवधारणाअनुरुप काम कारबाही डिजिटल गर्ने उद्देश्यले सबै वडामा इन्टरनेट जडान गर्न थालिएको नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।
उनले भन“पेपरलेस र डिजिटललाइजेशन गर्ने लक्ष्यअनुसार वडामा ई सूचना प्रणालीसमेत जडान गर्ने कार्यलाई अगाडि बढाएका छौँ” । यसअन्तर्गत भीनपा कार्यालयमा टिभी जडान गरिएको छ । चालु आर्थिक वर्षभित्र खुला मञ्चमा एलइडी टिभी राख्ने अर्को वर्ष गड्डाचौकी र भाँसीमा पनि विस्तार गर्ने योजना बनाइएको छ ।
एलइडी टिभीबाट नगरपालिकाबाट प्रदान हुने सेवा सुविधासम्बन्धी जानकारी गराइने तथा सूचना र विज्ञापन प्रशारणसमेत गरिने बताइएको छ ।
यस्तै उक्त नगरपालिकाले सबै सेवा सुविधा मोबाइलमार्फत जानकारी पाउन सक्नेगरी मोबाइल एप्स तयार गरेको छ । गुनासा र सुझाव पनि दिन सकिने गरी सो एप्स तयार गरिएको हो ।
मोबाइल एप्समा नगरपालिका कार्यालयबाट प्रदान हुने सबै सेवा सुविधा, सूचना र जानकारी राखिएका छन् । यसको प्रयोगका लागि एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर अंग्रेजीमा भीमदत्त मुनिसिपालिटी डाउन गरी हेर्न सकिने व्यवस्था मिलाइएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विनय कलौनीले बताए ।
यसैगरी नगरपालिकाले क्लिन सिटी ग्रिन सिटी र टुरिज्मको मोबाइल एप्स बनाउने भएको छ । यसका लागि तयारी शुरु गरिएको उनले जानकारी दिए ।
धनगढी – धनगढी उप–महानगरपालिले नगरविकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा देशमै पहिलो भएको छ । नगरविकास कोषले देशमा रहेका २ सय १७ विस्तृतमा...
कञ्चनपुर – उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्ने बेला आएको बताए । कञ्चनपुरको वेदकोट नगरपालिकाद्वारा आयोजित दुईदिने विस्तृतमा...